बुधबार, भदौ १७, २०८३

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३९९ जनाको कोरोना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २३३ जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ६०५ पुगेको छ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ७६६ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार १० पुगेको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Mar 03, 2021| 11:37 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।