शनिबार, असार २७, २०८३

न्यूजिल्यान्डविरुद्ध अष्ट्रेलियाको पुनरागमन

पहिलो दुई टि-२० क्रिकेटमा न्यूजिल्यान्डसँग पराजित पाहुना टिम अष्ट्रेलियाले तेस्रो टेस्टमा घरेलु टिमविरुद्ध जित निकालेको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- पहिलो दुई टि-२० क्रिकेटमा न्यूजिल्यान्डसँग पराजित पाहुना टिम अष्ट्रेलियाले तेस्रो टेस्टमा घरेलु टिमविरुद्ध जित निकालेको छ।

न्यूजिल्यान्डको वेलिङटनमा बुधबार सम्पन्न खेलमा अष्ट्रेलियाले घरेलु टिमविरुद्ध ६४ रनको जित निकलेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले चार विकेटको क्षतिमा २०८ रन बनाएको थियो। जवाफी ब्याटिङमा १७ ओभर एक बल खेलेको न्यूजिल्यान्ड १४४ रनमा समेटिएपछि खेल अष्ट्रेलियाले जितेको हो।

जितका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन जोडे भने कप्तान आरोन फिन्चले ६९ रनको योगदान दिए। त्यस्तै जोस फिलिपले ४३ रन बनाए।

यता बलिङतर्फ न्यूजिल्यान्डका इस सोधीले दुई विकेट लिए भने टिम साउथी र ट्रेन्ट बोल्टले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा घरेलु टिमका मार्टिन गुप्तिल र डेभोन कोन्वेले क्रमशः ४३ र ३८ रन बनाएका थिए।

न्यूजिल्यान्डलाई लक्ष्य पुरा गर्न नदिन अस्टोन अगरले ६ विकेट गिराए। त्यस्तै, रिले मेरेदिथले दुई विकेट भने एडम जम्पा र केन रिकार्डसनले समान १–१ विकेट लिए।

पाँच खेलको अष्ट्रेलिया–न्यूजिल्यान्ड टी–२० सिरिजमा अब दुई खेल बाँकी छन्।
 

प्रकाशित: Mar 03, 2021| 10:27 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।