काठमाडौं– बलिउड अभिनेत्री तापसी पन्नू र फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपको घर तथा कार्यालयमा आयकर अधिकारीहरुले छापा मारेका छन्।
बीबीसीका अनुसार फिल्म निर्माता कम्पनी फ्यान्टम फिल्म्ससँग सम्बन्धित एक उजुरीका आधारमा तापसी र अनुरागसहित करिब २० ठाउँमा छापा मारिएको हो।
मुम्बईस्थित फ्यान्टम फिल्म्स एन्ड ट्यालेन्ट हन्ट कम्पनीको कार्यालयमा पनि छापा मारिएको छ। यो कम्पनी सन् २०११ मा अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले स्थापना गरेका थिए।