शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ परेपछि प्रशिक्षक आक्रोशित

बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ परेपछि प्रशिक्षक आक्रोशित

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउ पक्राउ परेपछि प्रशिक्षक रोनाल्ड कोम्यानले आफू आक्रोशित भएको बताएका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउ पक्राउ परेपछि प्रशिक्षक रोनाल्ड कोम्यानले आफू आक्रोशित भएको बताएका छन्।

गएको सोमबार क्याटलान प्रहरीले बार्सिलोनामा छापा मारेर पूर्वअध्यक्षसँगै क्लबका अन्य तीन पदाधिकारीलाई पक्राउ गरेको थियो।

बार्सिलोनाबाट पक्राउ गरिएका चार जनासँग ‘सम्पत्ति, सामाजिक क्षेत्रमा आर्थिक चलखेल र अनियमितता’बारे छानबिन गरिरहेको क्याटलान प्रहरीले जनाएको हो।

क्लबको बिग्रँदो अवस्था र खेलाडीसँगको बिग्रिएको सम्बन्धका कारण बर्टोमेउले गत अक्टोबरमा राजीनामा दिएका थिए। त्यसपछि रिक्त बनेको अध्यक्ष पदका लागि यही मार्चमा चुनाव हुँदैछ।

सोमबार बर्टोमेउ पक्राउ परेपछि कोम्यानले भने, ‘यो कुरा क्लबको इमेजको लागि राम्रो होइन।’

पक्राउपछि पूर्वअध्यक्षसहित जाउमे मासफेररले बार्सिलोनाको पुलिस स्टेसनमा एक रात बिताएका थिए भने क्लबका कार्यकारी प्रमुख ओस्कार ग्रहू र कानुनी सेवा निर्देशक रोमन गोमेज सोही दिन राति छुटेका थिए।

‘जब मैले समाचार सुनेँ, क्षुब्ध बनेँ। किनभने म ग्रहु र बर्टोमउलाई राम्रोसँग चिन्छु,’ पूर्व बार्सिलोना कप्तान कोम्यानले भने।

बर्टोमेउ २०१४ मा बार्सिलोनाको अध्यक्षमा चुनिएका थिए। अब हुने चुनाबमा अध्यक्षसहित अन्य पदको पनि चुनाव हुनेछ।

प्रकाशित: Mar 03, 2021| 07:26 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।