आइतबार, असार २८, २०८३

साइबेरियन चराले सेताम्य गौशाला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
महोत्तरीः साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्य बन्दै गएको छ । 

बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्य बनेको छ । 

वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्ततिर साइबेरीयातर्फ फर्किने गरेका छन् । वर्षेनि नेपालको यस क्षेत्रमा मात्र किन आउँछन् कौतुहलताको विषय भएता पनि सो कुरा अझै पत्ता लागेको छैन । 

नेपालको यस स्थानमा मात्र आउने साइबेरियन चरा वर्षेनि गर्मी मौसमको शुरुवातसँगै आउने र असोजको अन्तिमसम्ममा फर्कने गरेको स्थानीय नागेन्द्रकुमार साहले बताए । बकुल्लाजस्तै देखिने सेतो रङको चरा बकुल्ला प्रजातिको भएको र छ महिनासम्मको बसाइ यी पक्षीका लागि प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको साहले बताए ।

अन्य स्थानबाट प्रहरी कार्यालय सुरक्षित भएको र यहाँका मौसम पनि उनीहरुका लागि उपयुक्त भएपछि वर्षेनि सोही स्थानमा यी चरा आउने गरेको गौशाला उद्योग वाणिज्य संघका सदस्य लालबाबु साहले बताए। 

सेतो घाँटी र पहेँलो घाँटी भएको उक्त साइबेरियन चरालाई इलाका प्रहरी कार्यालय, गौशाला र महोत्तरीवासीले पाहुनाका रुपमा लिएको र आफूहरुले वर्षौंदेखि यसको संरक्षण, हेरचाहमा समेत ध्यान दिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।
   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।