शनिबार, असार २७, २०८३

गुमेको साख फर्काउँदै सिटी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लब कमजोर अवस्थाबाट उठेर सानदार जितको यात्रामा पुगेको बताएका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लब कमजोर अवस्थाबाट उठेर सानदार जितको यात्रामा पुगेको बताएका छन्।

मंगलबार रातिको खेलमा उल्भरह्याम्टनविरुद्ध ४–१ जित निकालेपछि ग्वार्डिओलाले सिटीको खेलबारे बताएका हुन्।

खेलको अन्तिम १० मिनेटमा तीन गोल गरेर सानदार जित निकालेको सिटीले डिसेम्बर दोस्रो हप्तायता लिगमा कुनै अंक गुमाएको छैन।

उसले यसकारण शीर्षस्थानमा १५ अंकका स्पष्ट अग्रता पनि बनाइसकेको छ।

डिसेम्बरमा वेस्ट ब्रोमसँग बराबरी खेलेयता सिटीले २१ खेलको अपराजित यात्रा गरिसकेको छ। 

यसक्रममा उसले लिग कपको  फाइनल, एफए कपको क्वार्टरफाइनल र च्याम्पियन्स लिगको अन्तिम १६ मा राम्रो पकड बनाएको छ।

‘युरोपको विन्टरमा हामी नर्कमा भएको महसुस गरिरहेका थियौँ। त्यतिबेला नै हामीले केही महत्त्वपूर्ण गर्‍यौं,’ उनले भने, ‘त्यसले हामीलाई यहाँम्म पुर्‍यायो। उल्लेखनीय यात्रासम्म।’

‘म सबै खेलाडीलाई प्रशंसा त गर्छु तर ताज लिभरपुलसँग छ। त्यसैले प्रिमियर लिग जित्नका लागि हामीलाई अंक आवश्यक पर्छ,’ उनले भने।

उपाधि नजिक पुग्ने क्रममा सिटीले गएरातिको खेलमा पनि नाटकीय जित निकालेको थियो।

पहिलो हाफको १५ औं मिनेटमा उल्भसका लिएन्डर डोनडोन्करले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले अग्रता बनाएको थियो। यसैले ऊ पहिलो हाफमा एक गोलले अघि रह्यो।

तर ६१ औं मिनेटमा उल्भसका कोडीले गोल गरेपछि खेल बराबरीमा फर्कियो।

८० मिनेटसम्म बराबरी भएको खेलमा सिटीले सानदार कमब्याक गर्दै तीन गोल गर्‍यो।

८० औं मिनेटमा ग्याब्रियल जिससले गोल गरे। अन्तिम मिनेटमा रियाद महरेजलो गेल गरे र इन्ज्युरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गरे।

यससँगै सिटीले जित निकाल्यो।

अब सिटीले आइतबारको खेलमा म्यानचेस्टर डर्बी युनाइटेडको सामना गर्दैछ। यो खेलमा जित निकाल्न सके सिटी उपाधिको थप नजिक पुग्ने छ।

‘हामीसँग रेस्टका लागि एक वा दुई दिन मात्र छ,’ ग्वार्डिओला भन्छन् ‘यो प्रयास गरिरहन र ठूलो फड्को मार्नका लागि अवसर पनि हो।’
 

प्रकाशित: Mar 03, 2021| 02:20 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।