इटहरीः सभामुख सहित ९३ सांसद, संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकहरु बस्न अटाइनअटाई हुने संसद् भवनमा दर्शक र पत्रकार बस्ने सिटपनि साँघुरो छ ।
विराटनगरस्थ्ति जिल्ला समन्वय समितिको भवनमा साँघुरोगरि बसेको प्रदेश १ को प्रदेश सभामा सांसद सिट अगाडि टेबल छैनन् । सत्तारुट संसद्को सिट निलो र प्रतिपक्षीको सेतो बनाएर छुट्याएपनि दर्शक÷पत्रकार बस्ने दिर्घा र सांसद बस्ने सिट एउटा रातो रिबनले मात्रै छुट्याएको छ ।
सांसदहरूको सिट अगाडि टेबल नहुँदा संसदीय अभ्यास गर्न असहज हुने सांसदहरूले गुनासो गर्दै आएका छन् । सुनसरी २ (क)का प्रदेश सांसद सर्वध्वज साँवा त विद्यालयमा कोचाकोच विद्यार्थी राखेजस्तै सांसदहरूलाई बसाइएको बताँउछन ।
सांसदहरू अगाडि मसर्थनमा टोबलमा ध्वनि मत दिन र तात्कालिन बियषमा कुरा उठाइने ‘ढ्यापढ्यापे’ समय माग्न पनि समस्या भएको सांसदहरूले बताएका छन् । तेह्रथुका सांसद लक्षण तिवारीले टेबल नहुँदा समस्या भएको बताए । संसदीय अभ्यासमा टेबल नहुँदा भएको दुःख मात्रै हैन सांसद बस्ने सजिलो सिटहरू नभएर पनि झनै समस्या भएको पनि सांसदहरूको गुनासो छ ।
‘केन्द्रिस सांसदहरू र समामुख र मन्त्रीहरू बस्ने अगाडि मात्रै विद्यार्थीले बेन्च पाएजस्तो राखिएको छ बाकी सांसदहरू त कोचाकोच बस्ने दुःख छ’, साँवाले भने, ‘सोलुखुम्बू र ताप्लेजुङ तिरका माननियहरु अहिलेनै सर्ट खोलौँला जस्तो गर्नुहुन्छ । पछि गर्मी चढेपडि झन् कस्तो होला ?’
प्रदेश १ का सभामुख प्रदिप भण्डारीले पनि प्रदेश सभा साँघुरो र असजिलो भएको स्विकारे । सभामुख बस्ने सचिवालय पनि नभएर बल्लबल्ल सानो स्थान निलालिएको बताउँदै भण्डारीले भने, ‘स्थायी राजधानी नतोकिए सम्म संसदमा समस्यै हुने देखियो । अन्तरिम समयको लागी भए पनि कतै अलिक ठुलो स्थानमा संसद् चलाउने छलफल चलाएको छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४