शनिबार, असार २७, २०८३

डर्टमन्ड जर्मन कपको सेमिफाइनलमा

बोरुसिया डर्टमन्ड जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं – बोरुसिया डर्टमन्ड जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार रातिको खेलमा मोन्छेनग्लाडबाखलाई १–० गोलअन्तरले पाखा लगाउँदै  डर्टमन्ड सेमिफाइनलमा पुगेको हो।

डर्टमन्डको जितका लागि फरवार्ड जाडन साञ्चेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले ६६ औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए।

तर, यसबाहेक अन्य गोल बन्न नसक्दा उनको गोल नै निर्णायक बन्यो।

अब सेमिफाइनल खेलमा डर्टमन्डले एक खेलाडी गुमाउने भएको छ। 

खेलको इन्ज्युरी समयमा डर्टमन्डका महम्मोद डहुडले रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएका थिए।

जर्मन कपमा क्वार्टरफाइनलका बाँकी खेल आज हुँदैछन्। 

आजको खेलमा इसनले होल्स्टेन किलसँग खेल्नेछ भने आरबी लाइप्जिकले उल्भ्सबर्गसँग खेल्ने छ।
 

प्रकाशित: Mar 03, 2021| 01:44 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।