शनिबार, असार २७, २०८३

१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी

युभेन्टस् स्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन शीर्ष पाँच लिगका ६०० खेल पूरा गरेका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं – युभेन्टस् स्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन शीर्ष पाँच लिगका ६०० खेल पूरा गरेका छन्।

प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडबाट शीर्ष पाँच लिगको यात्रा थालेका उनले मंगलबार राति युभेन्टस‍्बाट खेल्दै उक्त कोशेढुंगा पूरा गरेका हुन्।

यससँगै गएराति ओल्ड लेडी मैदानमा उनले अर्को कोशेढुंगा पनि पूरा गरे। उनले जारी सिजनमा २० गोल पूरा गरेका छन्। 

इटालियन सिरी ए अन्तर्गत गएराति स्पेजियाविरुद्ध तेस्रो गोल गर्दै उनले दोस्रो कोशेढुंगा पार गरे। सो गोलसँगै रोनाल्डोले पछिल्ला १२ लिगमा लगातार २० गोलको आँकडा पार गरेका छन्।

युरोपियन शीर्ष पाँच लिगमा यो आँकडा पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन्।

युभेन्टस्ले स्पेजियाविरुद्ध ३–० गोलको जित निकाल्ने क्रममा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो। रोनाल्डोले अन्तिम मिनेटमा काउन्टर अट्याक गर्दै गोल गरेका थिए।

त्यसअघि नै अल्भेवेरो मोराटा र फ्रेडरिको चिइसाले गोल गर्दै २–० गोलको अग्रता बनाएका थिए।

गएरातिको जितले युभेन्टस् दोस्रो स्थानका एसी मिलानभन्दा तीन अंक पछि ६ भने इन्टर मिलानभन्दा सात अंक पछि छ।
 

प्रकाशित: Mar 03, 2021| 01:30 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।