शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भन्सार छलीका सामान भित्र्याउने व्यापारीलाई कारबाही

भन्सार छलीका सामान भित्र्याउने व्यापारीलाई कारबाही

भारतबाट अवैधरुपमा सामान नेपाल भित्र्याएर बिक्री गर्ने विराटनगरका दुई व्यापारीलाई कारबाही गरिएको छ । 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

विराटनगर– भारतबाट अवैधरुपमा सामान नेपाल भित्र्याएर बिक्री गर्ने विराटनगरका दुई व्यापारीलाई कारबाही गरिएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले मंगलबार अनुगमनका क्रममा विराटनगर–३ की व्यापारी उषाकुमारी साह, विराटनगर–१० की शर्मिला कोइरालालाई कारबाही गरिएको हो। 

उनीहरुले भारतबाट अवैधरुपमा कुरकुरे, लेज, डेरीमिल्क, पापड, विभिन्न ब्राण्डका बिस्कुट, भुजियालगायतका सामान ल्याएर बिक्री गरेको पाइएपछि कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताए। 

उनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम शाहलाई पाँच हजार र कोइरालालाई २० हजार जरिबाना गरिएको छ। 

शाहले सञ्चालन गरेको न्यू निशा स्टोरबाट म्याद सकिएको दुई हजार १३५ मूल्य बराबरको खाद्य सामग्री नष्ट गरिएको पोखरेलले बताए। 

भारतबाट अवैधरुपमा सामान भित्र्याएर विराटनगर, धरान, इटहरी लगायतका सहरका पसलमा बिक्री गर्ने गिरोह सक्रिय रहेको गुनासो आएको प्रमुख पोखरेलले बताए। 

उनले पछिल्ला दिनहरुमा बजार अनुगमन तीव्र पारिएको बताए। 
 

प्रकाशित: Mar 03, 2021| 00:51 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।