आइतबार, असार २८, २०८३

चाैपायाको कब्जामा राजधानीका सडक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–  धुलो, हिलो र खाल्डा खुल्डीको समस्याबाट आजित राजधानीबासी आजकल अर्को एउटा समस्या सहन बाध्य हुँदै आएका छन् । जाम र दुर्घटना नै बढाउने गरि सहनु परेको समस्या हो पशु चौपायाको समस्या । 

मुख्य सडकको बिचमा बसेर बाटो नै कब्जा गर्दै आएका चौपायाहरुले सवारी जाम त बढाएका छन् नै दुर्घटनाको जोखिम समेत उतिनै बढेको छ । बल्खु, कलंकी, सादोबाटो, गौशला, बालाजु लगायत चक्रपथका विभिन्न सडकमा देखिएका दर्जनौ चौपायका कारण सर्वसाधरण र ट्राफिक प्रहरीले सास्ति खेप्दै आएका छन् । 

राजधानीका सडकमा सवारी साधन चलाउने हरेक चालक छाडा पशु चौपायाका कारण अजित छन् । छाडा चौपायाका कारण दिनहुँ समस्या झेल्नु परेको बल्खुका ट्राफिक प्रहरी रमेश ओझा बताउँछन् । त्यसै जाम हुने ठाउँ त्यो माथि गाई बस्तु बिच सडकमा बसिदिदा थप समस्या झेल्नु परेको उनले सुनाए । 

राजधानीमा भएका दुर्घटना मध्ये करिब २० प्रतिशत दुर्घटनाका कारक पशु चौपाया नै हुने गरेको ट्राफिक प्रहरीको दावी छ । लगभग सय भन्दा बढि छाडा पशु चौपाया राजधानीका सडकमा घुमिरहेका भेटिन्छन् । तर, काठमाडौं महानगरपालिकाले तिनलाई नियन्त्रण गर्ने र सडकबाट हटाउने काममा अग्रसरता देखाएको छैन् ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।