शनिबार, असार २७, २०८३

खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई 

बुटवलमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन्। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

बुटवल– बुटवलमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन्। 

मंगलबार भएको रोमाञ्चक फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन्। 

महिला सिंगलको उपाधि प्रेरणा कोइरालाले जितिन्। उनले फाइनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकालेकी हुन्। 

पाँच दिनसम्म चलेको प्रतियोगिताको ३५ प्लसतर्फ कमल भण्डारीले सञ्जयप्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमे। 

बुटवलका श्रेष्ठ पहिलोपटक फाइनल पुगेका हुन्। 

यसैगरी ४५ प्लसतर्फ चन्द्र शाही (यूएन्डमी) ले धर्म लामिछानेलाई ६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे। 

५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले। 

नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए।

यसैबीच नेपालको टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित सम्मान गरिएको छ।

प्रकाशित: Mar 02, 2021| 12:11 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।