आइतबार, असार २८, २०८३

नेपाल र अष्ट्रेलियाबीचको विश्वकप छनोट खेल अनिश्चित

आगामी चैत १७ गते हुने भनिएको फिफा विश्वकप छनोट अन्तर्गत दशरथ रंगशालामा आयोजित खेल अन्योलमा परेको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– आगामी चैत १७ गते हुने भनिएको फिफा विश्वकप छनोट अन्तर्गत दशरथ रंगशालामा आयोजित खेल अन्योलमा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले कोराना महामारीका कारण स्थान परिवर्तन गर्न सक्ने भएपछि नेपाल र अष्ट्रेलियाबीचको खेल अन्योलमा परेको हो।

एएफसीले आज विभिन्न खेलको नयाँ तालिका सार्वजनिक गरेको छ। उक्त तालिकामा मार्चमा तीन खेल हुने देखाइएको छ। तर नेपाल र अष्ट्रेलियाबीचको खेलबारे एएफसीले केही भनेको छैन।

तर खेल स्थगित भने भइसकेको छैन। एएफसीले गत फेब्रुअरी १९ मा एक निर्णय गर्दै नेपाल र अष्ट्रेलियाबीचको खेल मार्चमा हुने तालिका सार्वजनिक गरेको थियो।

सो तालिकाअनुसार खेल नेपालको दशरथ रंगशालामा हुने तय थियो। तर महामारीको कारण बताउँदै एएफसीले सबैलाई पायक पर्ने ठाउँमा खेल गराउने तयारी गरिरहेको छ।

‘सहभागी देशमा कोभिड–१९ को बढ्दो प्रभाव र भ्रमण अवरोधका साथै क्वारेन्टिनका कारण तालिकामा फेरबदल भएको हो,’ एएफसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अब विश्वकप र एसिया कप छनोटका बाँकी खेल आयोजना गर्न एक साताभित्र एएफसीमा आवेदन दिनुपर्ने छ। यसबीच अष्ट्रेलियन मिडियाले नेपालसँगको खेल मार्च ३० बाट २०२१ को मध्यसम्ममा सर्न सक्ने उल्लेख गरेका छन्।

समूह बी मा रहेको अष्ट्रेलियाले नेपालसहित कुवेत, चाइनिज ताइपेइ र जोर्डनसँग पनि खेल्न बाँकी छ। यता नेपालले कुवेतविरुद्धको रिटर्न लेग भुटानमा खेलिसकेको छ। तर बाँकी खेलहरु खेल्न बाँकी छ।

समूह बी को चौथो स्थानमा रहेको नेपालले चाइनिज ताइपेइलाई हराएको छ भने पहिलो लेगको खेलमा अन्य सबै देशसँग पराजित भएको छ।

प्रकाशित: Mar 02, 2021| 11:54 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।