सोमबार, भदौ २२, २०८३

मेयर कपको तालिका सार्वजनिक, शीर्ष दुई टिमले सिधै फाइनल खेल्ने

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने काठमाडौं मेयर कपको खेल तालिका सार्वजनिक भएको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने काठमाडौं मेयर कपको खेल तालिका सार्वजनिक भएको छ। क्यानले आज एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो।

यही फागुन २२ गतेबाट सुरु हुने प्रतियोगिताको सात खेल कीर्तिपुरस्थित टियू मैदानमा हुनेछन् भने बाँकी चार खेल मूलपानी मैदानमा। प्रतियोगिताको पहिलो दिन त्रिविको मैदानमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबको सामना गर्नेछ।

त्यस्तै मूलपानी मैदानमा हुने खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशको सामना गर्नेछ।

दोस्रो दिनको खेलमा एपीएफले पुलिससँग त्रिवि मैदानमा भिड्नेछ भने काठमाडौं मेयर–११ ले बाग्मतीसँग मूलपानी मैदानमा खेल्नेछ।

सिंगल राउन्ड रोविनबाट सञ्चालन हुने लिग चरणका खेल २७ गते सकिनेछन्। लिग चरणको शीर्ष दुईस्थानमा रहेका टिम सोझै फाइनलमा पुग्नेछन् भने बाँकी टिम बाहिरिनेछन्। २८ गतेको ग्यापपछि फाइनल खेल त्रिवि मैदानमा २९ गते हुनेछ।
 

प्रकाशित: Mar 02, 2021| 10:25 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।