बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा नेकपाको चोइटोमात्रै, बाहिर विशाल बहुमत : नेपाल

बालुवाटारमा नेकपाको चोइटोमात्रै, बाहिर विशाल बहुमत : नेपाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा नेकपाको चोइटोमात्र रहेको टिप्पणी गरेका छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

विराटनगर– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा नेकपाको चोइटोमात्र रहेको टिप्पणी गरेका छन्। बालुवाटार बाहिर भने विशाल बहुमत रहेको उनले दाबी गरे।

प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले चोइटोले बालुवाटार नछाडेको बताए।

आधिकारिक आफूहरु नै भएको उनको दाबी छ। ४४१ सदस्यीय केन्द्रीय कमिटीको बहुमत भएको पार्टी आधिकारिक हुने अध्यक्ष नेपालले बताए। ४४१ को बहुमतका लागि आयोगले मागेजति सबै प्रमाण उपलब्ध गराउन तयार रहेको उनले बताए। नेपालले भने, ‘नागरिकता, राहदानी, लाइसेन्स, रगत, खकार के–के चाहिन्छ, सबै उलपब्ध गराउँछौं।’ 

पार्टीमा कोही पनि व्यक्ति सुप्रिम नहुने उनले बताए। बहुमतको निर्णय नै पार्टीको निर्णय हुने नेपालको भनाइ छ। 

‘सर्वोच्च अदालतको फैसला आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने थियो,’ उनले भने, ‘संसारभरको प्रचलनलाई उनले मानेनन्।’ अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुको सहमतिमा सरकार निर्माण हुने बताए। 

प्रकाशित: Mar 02, 2021| 08:27 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।