बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार पुरातत्व विभागले नहटाए काठमाडाैं महानगरले हटाउने

वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार पुरातत्व विभागले नहटाए काठमाडाैं महानगरले हटाउने

काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं - काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ।

वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार हटाएर सात दिनभित्र जानकारी गराउन कामपाले विभागलाई पत्र पठाएको हो।

‘वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो’, पत्रमा भनिएको छ। 

वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्त्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ। 

‘तोकिएको समयमा विभागले पसल हटाउने कार्य नगरे कामपाले नै हटाउने छ’, कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४, कामपाको भवन निर्माण मापदण्ड २०७५ र प्राचीन स्मारक ऐन २०१३ समेतका कानुनी व्यवस्थाबमोजिम वसन्तपुर क्षेत्रका प्राचीन संरक्षण, मर्मत र जीर्णोद्धार गर्नुका साथै उक्त क्षेत्रमा सञ्चालित अनधिकृत व्यापार–व्यवसाय हटाउनु यस कार्यालयको प्राथमिक योजनाभित्र पर्दछ।

यही फागुन १४ गते कामपाको  सम्पदा तथा पर्यटन विभागले पत्र पठाएको हो। 

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्यले पनि तीव्रता पाएको छ। 

अहिलेसम्ममा यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

यहाँ विश्व सम्पदा क्षेत्रमा सूचीकृत रहेका ७० सम्पदा छन्, जसमध्ये १२ वटामा भूकम्पले क्षति नै भएको थिएन।

अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम सुरु गर्न नहुने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ।

दरबारको ६० प्रतिशत काम सकिएको छ। कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ। 

नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ।

यसअघि गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ। रासस

प्रकाशित: Mar 02, 2021| 07:34 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।