आइतबार, चैत १, २०८२

राशिद खानले जिम्बाब्वेविरुद्धको टेस्ट गुमाउने

अफगान स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको टेस्ट क्रिकेट गुमाउने भएका छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– अफगान स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको टेस्ट क्रिकेट गुमाउने भएका छन्। पाकिस्तान सुपर लिग (पीएसएल)को दोस्रा खेलमा उनलाई औंलामा चोट लागेपछि आउँदो टेस्ट गुमाउने भएका हुन्।

National life

उनको बलिङ गर्ने हातको बीचको औंला फ्र्याक्चर भएको छ र त्यो चोट निको भएको छैन। यसकारण आउँदो मंगलबारबाट अबुधाबीमा सुरु हुने दुई खेलका सिरिजको पहिलो खेल उनले गुमाउने छन्।

यद्यपि यसबारे अफगान क्रिकेट बोर्डले स्पष्ट जानकारी भने दिएको छैन। गएको फेब्रुअरी २२ मा लाहोर कलन्दर्स र क्वेत्ता ग्लाडिएटर्सबीच सम्पन्न खेलमा उनलाई चोट लागेको थियो।

क्रिस गेलको हार्ड हिट स्ट्रोक रोक्दा राशिदको औंलामा चोट लागेको थियो। यसकारण उनी मैदानबाट बाहिरिएका थिए।

प्रकाशित: Mar 02, 2021| 06:42 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।