बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँकाे एक होटलमा आगलागी, ४० लाख रूपैयाँ बराबरको क्षति

तनहुँकाे एक होटलमा आगलागी, ४० लाख रूपैयाँ बराबरको क्षति

तनहुँको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गएराति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

तनहुँ – तनहुँको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गएराति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ।

सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए। 

आगलागीबाट मानवीय क्षति भने भएको छैन। होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ। रासस

प्रकाशित: Mar 02, 2021| 03:32 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।