आइतबार, असार २८, २०८३

भारतीय प्रधानमन्त्री मोदी सीधै काठमााडौं नआउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सिधै काठमाडौं नआउने भएका छन्। यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उनी भारतको पटनाबाट सीधै जनकपुर आउने कार्यक्रम छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले दिएको जानकारीअनुसारमोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौँ फर्कने र भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सहभाागी हुनेछन्। । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन बाँकी छ । रासस

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।