बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले आज मोरङको उर्लाबारीमा सन्थाल वस्तीको शिलान्यास गर्ने

प्रधानमन्त्री ओलीले आज मोरङको उर्लाबारीमा सन्थाल वस्तीको शिलान्यास गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको सन्थाल वस्तीको शिलान्यास गर्ने भएका छन्। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको सन्थाल वस्तीको शिलान्यास गर्ने भएका छन्। 

प्रधानमन्त्री ओली झापामा अस्पताल उद्घाटनपछि सन्थाल वस्तीको शिलान्यासका लागि उर्लाबारी आउने भएका हुन्। 

सहरी विकास मन्त्रालयले उर्लाबारी नगरपालिकासँगको समन्वयमा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने योजनाअनुसार प्रधानमन्त्री ओलीले वस्तीको शिलान्यास गर्न लागेका हुन्। 

उर्लाबारी–९ को रातेहोली क्षेत्रमा सन्थाल समुदायका लागि १३२ घर निर्माण गरी उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मी भण्डारीले बताइन्। उनका अनुसार घडेरी भएकाहरुलाई घडेरी भएकै स्थानमा थप २६ घर निर्माण गरिने छ। 

उनले भनिन्, ‘घर बनाउने जमिन भएकाहरुलाई उनीहरुले खरिद गरेकै स्थानमा घर बनाइने छ।’ उर्लाबारी नगरपालिकाले गरेको सर्वेक्षण अनुसार १०६ घर परिवार सन्थालको छ ।  

सहरी विकास मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो। 

पूरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने अनुमान गरिएको छ। एकीकृत वस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल वस्तीको निर्माण स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने बताइएको छ।

प्रकाशित: Mar 02, 2021| 01:56 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।