बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख सापकोटा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता

सभामुख सापकोटा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नवनियुक्त अस्ट्रेलियाकी राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नवनियुक्त अस्ट्रेलियाकी राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत फेलिसिटी जेन भोल्कलाई सफल कार्यकालको शुभकामना दिए।

सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६ दशक लामो कुटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको चर्चा गर्दै अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे। उनले अस्ट्रेलियाको १२० वर्ष लामो संघीयतासम्बन्धी असल अभ्यासहरु नेपालका लागि सिकाई हुनसक्ने बताए।

संघीय संसदमा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको बताउँदै सभामुख सापकोटाले कोभिड नियन्त्रणपछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद–संसदबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे। नेपाली विद्यार्थीहरुको ठूलो संख्या अस्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उनले यो अवसरका लागि अस्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गरे।

राजदूत फेलिसिटी जेन भोल्कले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन र संघीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरिन्।

उनले आफ्नो देशमा संघीयताको लामो इतिहास भएपनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताइन्। उनले आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुसी लागेको बताइन्।

प्रकाशित: Mar 01, 2021| 14:07 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।