बिहीबार, भदौ १८, २०८३

बास्तोला हत्या आराेपित घरधनी धरौटीमा रिहा

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

विराटनगर– मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ। 

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी नगरपालिका–६ का गिरीलाई एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा फरार रहेका गिरीलाई आइतबार साँझ पक्राउ गरेको थियो।

पक्राउ गरेर सरकारी वकिल कार्यालयमार्फत् प्रहरीले बुझाएपछि उनीविरुद्ध यसअघि नै दर्ता भएको कर्तव्य ज्यान मुद्दामा इजलासले धरौटी माग गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। 

उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा गरी बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रविणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो। परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए। सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पुर्‍याएपछि प्रवीणको मृत्यु भएको दाबी गरिएको थियो। 

घटनाका आरोपितमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईको हकमा अदालतले गत बिहीबार आदेश दिइसकेको थियो।

आदेशअनुसार दर्जी पुर्पक्षका लागि थुनामा छन् भने राई तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटिसके। मुद्दामा प्रतिवादी बनाइएका झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार छन्। फरार रहेका तीनै जनाको खोजी तीव्र पारिएकाे प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 01, 2021| 13:20 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।