शनिबार, असार २७, २०८३

गणेशमान सिंह स्मृति बक्सिङ सुरु : पहिलो खेलमा सनिलको जित

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि प्रतियोगिता दुई दिन अगाडिबाटै सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जानकारी दिएको छ।

सोमबार (आज) को खेलमा ६४ केजीतर्फ सागका स्वर्ण विजेत सनिल शाहीले जित निकालेका छन्। उनले टीकाथलीका निशान दासविरुद्ध जित निकालेका हुन्।

त्यस्तै, पहिलो दिन पुरुष ५२ केजीमा नारायण भुजेल र वाङदी शेर्पाले जित निकालेका छन्। ५६ केजीमा अजय चौधरी तथा सुरज महर्जनले जित निकाले।

६० केजीमा मौसम राना मगर, आभाषप्रताप शाह, सन्जोक विष्ट, निमा दावा तामाङ, विजनगोपाल श्रेष्ठ तथा अनिल पुन मगरले जित निकालेका छन्।

पुरुष ६४ केजीमा रसुवाका रोविन प्रधान, पवन गुरुङ, कमल श्रेष्ठ, अविश्वनदेव श्रेष्ठ तथा चन्द्र देवा तामाङले जिते।

स्व. सिंहले प्रजातान्त्रिक आन्दोलनका लागि गरेको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा भइरहेको प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ।

पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूह समावेश छन्।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने छ। प्रतियोगितामा १७३ खेलाडी सहभागी छन्।

प्रकाशित: Mar 01, 2021| 12:56 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।