शनिबार, असार २७, २०८३

सातदोबाटोलाई शीर्षस्थानमा तीन अंकको अग्रता

सहिद स्मारक बी डिभिजन लिगमा सातदोबाटो युथ क्लबले शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगमा सातदोबाटो युथ क्लबले शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ।

सिजनको आठौं खेलमा जित निकाल्दै उसले दोस्रो स्थानको खुमलटार युथ क्लबभन्दा तीन अंक धेरै बनाएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (सोमबार) सम्पन्न दोस्रो खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोलले हरायो।

सातदोबाटोको लागि खेलको २४ औं मिनेटमा दोर्जे तामाङले गोल गरेका थिए। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै तामाङले गोल गरेपछि पहिलो हाफमै सातदोबाटोले अग्रता बनाएको थियो।

तर दोस्रो हाफमा कुनै गोल हुन नसक्दा तामाङको गोल नै निर्णायक बन्यो।

यो जितसँगै सातदोबाटो क्लबले सात जित र एक बराबरीका साथ २२ अंक बनाएको छ। ऊ लिगमा अपराजित एकमात्र क्लब हो। यता पराजित भगवती क्लब छ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: Mar 01, 2021| 12:32 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।