शनिबार, असार २७, २०८३

बार्सागेट प्रकरणमा बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउ क्लबका अन्य पदाधिकारीका साथ आज (सोमबार) पक्राउ परेका छन्।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउ क्लबका अन्य पदाधिकारीका साथ आज (सोमबार) पक्राउ परेका छन्। उनीहरुलाई क्याटलान प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बर्टोमेउ र क्लबका पदाधिकारीलाई ‘बार्सागेट’ नामक कामका लागि पक्राउ गरिएको हो। जसमा उनीहरुले एक तेस्रो कम्पनीलाई क्लबको प्रतिद्वन्द्वीलाई क्लबभित्र, बाहिर र मिडियामा बदनाम गर्न भर्ति गरिएको थियो।

क्याटलान पुलिस फोर्सले क्लबमा छामा मारेपछि उनीहरु पक्राउ परेका हुन्। तर बर्टोमेउसँग अन्य कति पदाधिकारी पक्राउ परेका हुन् भन्ने खुलाइएको छैन।

स्पेनिस पत्रिका मार्काले ओस्कार ग्रउ र रोमन गोमेज पोन्टीसँगै अन्य कर्मचारी पक्राउ परेको जनाएको छ।
 

प्रकाशित: Mar 01, 2021| 12:27 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।