बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेको छ : सरकारका प्रवक्ता

प्रधानमन्त्रीलाई सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेको छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको फैसलाले नै राजीनामा दिनबाट रोकेको बताएका छन्।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको फैसलाले नै राजीनामा दिनबाट रोकेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उनले सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेकाले अहिले प्रधानमन्त्रीले राजीनामा नदिने बताए।

‘संसदीय प्रक्रियाबाटै प्रधानमन्त्रीका बारेमा निर्णय होला। संसद अधिवेशनको आह्वान भइसकेको छ अब त्यहाँबाटै निकास हुन्छ,’उनले भने।

नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरो उठाइरहेकाहरुले आफू कुन नैतिकताको धरातलमा उभिएको छु भनेर हेर्नुपर्ने उनको भनाइ छ।

‘नैतिकताको पाठ सिकाउनेहरुले कुन नैतिकताको धरातलमा उभिएको छु भनेर फर्केर हेर्ने हो भने राजनीतिबाटै उनीहरुले सन्यास लिए हुन्छ,’उनले भने, ‘अहिलेको संकटमा मैदान खाली गरेर मुलुकलाई अलपत्र पार्ने काम गर्नु हुनेछैन।’

उनले सर्वोच्च अदालतको निर्णयलाई सरकारले सम्मानपूर्वक लिएको र फागुन २३ मा प्रतिनिधिसभाको अधिवेशन आह्वान भइसकेको बताए।

प्रकाशित: Mar 01, 2021| 11:55 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।