बिहीबार, भदौ १८, २०८३

स्यानिटाइजर सेवन गर्दा मोरङमा दुई जनाको मृत्यु 

स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

विराटनगर– स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुने वृद्धवृद्धा हुन्। दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि स्यानिटाइजर सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। मदिराको नशामा गिरीले गत शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति स्यानिटाइजर एकै पटकमा पिएको उनका श्रीमान छविलालले प्रहरीलाई बताए। 

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ। दुवैलाई उपचारका लागि शनिबार राति कोशी अस्पताल ल्याइएको थियो। सुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने उनीहरुको अवस्था सामान्य थियो।

तर अवस्था थप गम्भीर बनेर गएपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। उनका अनुसार स्वास्थ्य अवस्था थप जटिल बनेर गएकी वृद्धा महिलाको आकस्मिक कक्षमै १ बजेतिर मृत्यु भएको हो। 

स्यानिटाइजर सेवन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने बताउँदै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन्। कोरोना महामारी सुरु भएपछि स्यानिटाइजरको प्रयोग बढेको छ। स्यानिटाइजरमा पनि विषादी हुने भएकाले अस्पतालले मृत्युको कारण विषादी भएको जानकारी दिएको एसपी खड्काले बताए।
 

प्रकाशित: Mar 01, 2021| 11:51 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।