शनिबार, असार २७, २०८३

मेयर कपका लागि काठमाडौंको टिम घोषणा

आगामी फागुन २२ गतेदेखि सुरु हुने काठमाडौं मेयर कपका लागि काठमाडौं महानगरले खेलाडी छनोट गरी क्यानमा पठाएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- आगामी फागुन २२ गतेदेखि सुरु हुने काठमाडौं मेयर कपका लागि काठमाडौं महानगरले खेलाडी छनोट गरी क्यानमा पठाएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आज(सोमबार) एक सूचना जारी गर्दै खेलाडी छनोटबारे जानकारी दिएको हो।

यो महिनाको अन्तिममा हुने प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन्। जसमा चार टिम पूर्वनिर्धारित थिए भने एक टिम काठमाडौं महानगरले बनाउने क्यानसँग सम्झौता भएको थियो।

सहभागी हुने बाँकी चार टिममा विनोद भण्डारीको कप्तानीमा रहेको त्रिभुनव आर्मी क्लब, शरद भेषावकरको कप्तानीमा एपीएफ क्लब र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको पुलिस क्लब छन्।

त्यस्तै, प्रधानमन्त्री (पीएम) कपको सेमिफाइनलमा पुगेको बामगती प्रदेशको टिम पनि मेयर कपमा सहभागी बन्नेछ। बागमती टिमको कप्तानी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन्।

काठमाडौंको टिम भने पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न प्रदेशका खेलाडीबाट छनोट गरेर बनाइएको हो। यो टिमसँगै मेयर कप खेल्ने सबै टिमको टुंगो लागेको छ।

यी हुन् बागमतीका खेलाडी :

सिद्धान्त लोहनी, हरि खड्का, विवेक यादव, विपिन खत्री, अर्जुन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अर्जुन चुनरा, विपिन रावल, रविन्द्रजंग शाही, खड्ग बहादुर बोहरा, नारायण जोशी

प्रकाशित: Mar 01, 2021| 11:17 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।