शनिबार, असार २७, २०८३

आरसीटीको संघर्षपूर्ण जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (सोमबार) सम्पन्न पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले संघर्षपूर्ण जित निकालेको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (सोमबार) सम्पन्न पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले संघर्षपूर्ण जित निकालेको छ।

सातदोबाटोस्थित एन्फाको मैदानमा सम्पन्न खेलमा आरसीटीले टुसाल युथ क्लबविरुद्ध १-० गोलको जित निकालेको हो।

आरसीटीको जितका लागि अजित गुरुङले एक गोल गरे। खेलको पहिलो हाफ बराबरीमा रोकिएपछि उनले ७३ औंं मिनेटमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए।

तर यसबोहक अन्य गोल हुन नसक्दा गुरुङको गोल नै निर्णयक बन्यो।

आजको जितसँगै तीन अंक थप गरेर १२ अंक जोडेको आरसीटी एक स्थान माथि उक्लिँदै पाँचौ स्थानमा पुगको छ। यसअघि पाँचौ स्थानमा रहेको नयाँबस्ती छैटौं स्थानमा झरेको छ।

आरसीटी शीर्षस्थानको सातदोबाटोभन्दा सात अंक पछि छ। यता आजको खेलमा पराजित टुसाल ८ अंकका साथ सातौं स्थानमा कायम छ।

प्रकाशित: Mar 01, 2021| 10:38 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।