बिहीबार, भदौ १८, २०८३

कंगना रनौतविरुद्ध पक्राउ पुर्जी जारी

गीतकार जावेद अख्तरको मानहानि आरोपमा मुम्बईको एक अदालतले बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– गीतकार जावेद अख्तरको मानहानि आरोपमा मुम्बईको एक अदालतले बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अन्धेरी महानगर मजिस्ट्रेटको अदालतले गत फेब्रअुरी १ तारिखमा कंगनालाई एक आदेश दिएको थियो, जसमा उनलाई १ मार्चमा अदालतमा उपस्थित हुन भनिएको थियो। 

तर कंगना आज सोमबार अदालत उपस्थित भइनन्। उनी नआएपछि मजिस्ट्रेट आर आर खानले जमानती वारेन्ट जारी गरेका हुन्।

गत महिना मुम्बई पुलिसले कंगनाविरुद्ध मानहानिको उजुर आएको अदालतमा बताएको थियो। उक्त उजुरी गीतकार जावेद अख्तरले गएको नोभेम्बरमा दर्ता गराएका थिए। कंगनाले उनको विरुद्धमा आधारहीन आरोप लगाएको उजुरीमा अख्तरले उल्लेख गरेका थिए। यसबाट उनको प्रतिष्ठामा नोक्सान पुगेको जावेदको जिकिर थियो। 

गएको जूनमा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले बलिउडमा रहेको कोटरीको हवाला दिँदै जावेद अख्तरबारे अपमानजनक टिप्पणी गरेकी थिइन्। 

यस मामलाको सुनुवाइ अब २६  मार्चमा हुनेछ।

प्रकाशित: Mar 01, 2021| 10:32 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।