बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद बैठकअघि सबै सांसदसहित कर्मचारीलाई कोरोनाविरुद्धको खोप

संसद बैठकअघि सबै सांसदसहित कर्मचारीलाई कोरोनाविरुद्धको खोप

प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसद तथा संसद सचिवालय एवम् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसद तथा संसद सचिवालय एवम् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।

संघीय संसद सचिवालयले आज एक सूचना जारी गर्दै सभामुख, अध्यक्ष, उपाध्यक्ष, सबै सांसदहरु तथा संघीय संसदका कर्मचारी, मर्यादापालकलगायत सबैलाई खोप लगाउन अनुरोध गरेको छ।

सबैलाई निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप लगाउने व्यवस्था मिलाइएको छ।

सचिवालयका अनुसार आगामी १९ गते बुधबार सभाममुख, अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यलाई खोप लगाउने कार्यक्रम छ। यस्तै सोही दिन महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सासंसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुलाई खोप लगाउने प्रबन्ध मिलाइएको छ।

सोही दिन सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक तथा संसदीय मामिला पत्रकारहरु सबैलाई खोप दिने कार्यक्रम छ।,

त्यसको भोलिपल्ट फागुन २० गते संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु, स्वकीय सचिवलगायत सबै

कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्नेलगायतका सुरक्षाकर्मीहरुलाई खोप लगाउने कार्यक्रम छ।

सचिवालयका अनुसार २१ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरका सबै कर्मचारी, छुटपुट भएका सबैलाई खोप दिने कार्यक्रम रहेको सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिएका छन्।

प्रकाशित: Mar 01, 2021| 10:25 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।