बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेश सरकारले बनाउन लागेको पहिलो भवन प्रधानमन्त्रीद्वारा शिलान्यास 

गण्डकी प्रदेश सरकारले बनाउन लागेको पहिलो भवन प्रधानमन्त्रीद्वारा शिलान्यास 

गण्डकी प्रदेश सरकार आफैले बनाउन लागेको पहिलो भौतिक संरचनाको प्रधानममन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेका छन्।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

पोखरा- गण्डकी प्रदेश सरकार आफैले बनाउन लागेको पहिलो भौतिक संरचनाको प्रधानममन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेका छन्।

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन परिसरको खाली जग्गामा बन्न लागेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्। 

पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएको मौका पारेर उनी उद्घाटन कार्यक्रममा सहभागी भएका हुन्। शिलान्यासपछि बोल्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेर देखाउन चाहेको र त्यहीअनुसार काम गर्दै गएको बताए। 

राष्ट्रियस्तरमा पूर्वाधार निर्माणदेखि अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध सुधार र विकासका सूचकांकमा समेत मुलुकले फड्को मारेको दाबी उनको थियो। यही गतिमा अगाडि बढ्ने हो भने सन् २०३० अगावै दीगो विकास लक्ष्य प्राप्ति हुने विश्वास उनले व्यक्त गरे। 

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा अरुभन्दा अब्बल गण्डकी प्रदेश रहेको सावित गर्न त्यहीअनुसार काम गर्दै आएको बताए। प्रदेश आफैले बनाउन लागेको यो पहिलो भवन भए पनि अब धमाधम शिलान्यासका काम हुने उनले जनाए। 

संक्रामक अस्पताल, कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र, पोखरामा क्रिकेट रंगशाला अब छिटै शिलाल्यास हुने भन्दै यसका लागि प्रक्रियागत झन्झट मेटाइदिन उनले प्रधानमन्त्री समक्ष आग्रह गरे।

प्रदेश विकासका लागि पर्यटन पहिलो शर्त रहेको भन्दै उनले अरु विषयवस्तुलाई समेत समट्दै अगाडि बढेको जानकारी उनले गराए। 

प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरुको क्षमता विकास र कार्यसम्पादनमा प्रतिष्ठानले सहयोग गर्नेछ। प्रशिक्षण व्यवसायलाई प्रशिक्षार्थीको कार्यसम्पादनसँग आवद्ध गराई सम्वन्धित संस्थाको समग्र कार्यसम्पादनमा सुधार गराउने प्रतिष्ठानको उद्देश्य छ।

अध्ययन अनुसन्धानलाई प्रदेश तथा स्थानीय तहका नीति तथा कार्यक्रममा प्रयोग गरी प्रभावकारितामा अभिबृद्धि गर्ने कार्यमा प्रतिष्ठान केन्द्रित रहने छ।

सबै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसँग हातेमालो प्रतिष्ठानले गर्ने जनाइएको छ। 

प्रकाशित: Mar 01, 2021| 08:40 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।