बिहीबार, भदौ १८, २०८३

कोरोना खोपको अभाव हुन दिँदैनौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोपमा कुनै कमी नहुने बताएका छन्। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोपमा कुनै कमी नहुने बताएका छन्। 

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पोखरामा सोमबार सम्बोधनका क्रममा उनले भने, ‘भ्याक्सिन ल्याउँदै छौं, कुनै कमी हुँदैन। पीसीआर र उपचार निःशुल्क गरेका छौं।’ 

धनी देशले पनि सशुल्क उपचार गरेका बेला नेपाल सरकारले निःशुल्क उपचार गरेको उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले कोभिडविरुद्ध सफलता प्राप्त गर्ने देशमा नेपाल पनि अगाडि रहेको बताए।  

उनले देश विकासमा अगाडि बढेको चर्चा गर्दै  एकै दिन ३०९ वटा अस्पताल शिलान्यास गरेर सरकारले ठूलो काम गरेको बताए।

‘हामी सबै राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्छ। निजी स्वार्थका लागि मात्रै सोच्ने होइन्,’ उनले भने।

प्रकाशित: Mar 01, 2021| 08:08 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।