बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौतमबुद्ध रंगशालाको अनुमानित लागत साढे तीन अर्ब, आम्दानी ३२ करोड

गौतमबुद्ध रंगशालाको अनुमानित लागत साढे तीन अर्ब, आम्दानी ३२ करोड

तीन अर्ब ५५ करोड रूपैयाँ लागत अनुमान गरिएको नेपालकै पहिलो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेसम्मको आम्दानी ३२ करोड रहेको धुर्मुससुन्तली फाउण्डेसनले जनाएको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं - तीन अर्ब ५५ करोड रूपैयाँ लागत अनुमान गरिएको नेपालकै पहिलो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेसम्मको आम्दानी ३२ करोड रहेको धुर्मुससुन्तली फाउण्डेसनले जनाएको छ। 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउण्डेसनले ३२ करोड ३० लाख २४ हजार ३५४ रूपैयाँ ८० पैसा आम्दानी भएको बताएको हो। 

फाउण्डेसनले कुल आम्दानीमध्ये धान्यान्चल महोत्सवबाट सर्वाधिक आठ करोड ६९ लाख आम्दानी गरेको छ।

तर, अहिलेसम्म रंगशालामा ४३ करोड ४८ लाख ६ हजार ३८२ रूपैयाँ खर्च भइसकेको फाउण्डेसनको भनाइ छ। यससँगै उसलाई ११ करोडभन्दा धेरै घाटा लागिसकेको छ।

आम्दानी कम र बढ्दो लागतलाई मध्यनजर गर्दै फाउन्डेसले ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियान थालेको छ। 

यो अभियानअन्तर्गत रंगशालालाई सहयोग गर्न चाहनेले आफ्नो वा परिवारका कसैको नाममा एक लाख वा सोभन्दा धेरै रकम सहयोग गर्न सक्नेछन्।

यो अभियानमा संघसंस्थाहरूले पनि भाग लिन पाउने फाउन्डेसनले बताएको छ। यस अभियानबाट तीन अर्ब संकलन हुने फाउन्डेसनको दाबी छ।

समयमै रकम संकलन हुन सके आगामी १८ महिनामा रंगशाला बन्ने बताइएको छ।

भरतपुर महानगरले उपलब्ध गराएको २० विघा जग्गामा रंगशाला निर्माण भइरहेको छ।

प्रकाशित: Mar 01, 2021| 08:09 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।