काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को साेमबार बिहान बसेको बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता जग्गनाथ पन्तले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन २३ गते आइतबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन्।