बिहीबार, भदौ १८, २०८३

कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु

धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

जनकपुरधाम - धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१, दर्जी टोलमा शौचका लागि निस्केकी १२ वर्षीय बालिकालाई कुकुरले टोक्दा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। 

मोहम्मद अख्तरका १२ वर्षीया छोरी सिवरन खातुन आज बिहान करिब १ बजे शौच गर्न निस्केकोमा कुकुरले टोकेपछि घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताए। 

मृत्यु भएकी बालिकाको मानसिक अवस्था ठीक नरहेको धनुषा प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रवक्ता मिश्रले जानकारी दिए।

प्रकाशित: Mar 01, 2021| 07:44 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।