बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चैत १ देखि नयाँ शुल्क कार्यान्वयन गर्न अफिनको आग्रह  

चैत १ देखि नयाँ शुल्क कार्यान्वयन गर्न अफिनको आग्रह  

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सक परामर्श शुल्क चैत १ गतेदेखि कार्यान्वयन गर्न अनुरोध गरेको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं - एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सक परामर्श शुल्क चैत १ गतेदेखि कार्यान्वयन गर्न अनुरोध गरेको छ। 

फागुन मसान्तसम्म पनि शुल्क निर्धारणसम्बन्धी स्वास्थ्य मन्त्रालयले कुनै पहल नगरे हालै सार्वजनिक गरिएको शुल्क कार्यान्वयन गर्न अनुरोध गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग परामर्श शुल्कको विषयमा कुनै छलफल नभएको अफिनले जनाएको छ। तर, आफ्नो सहमतिबिना निर्णय गरेको भन्दै मन्त्रालयले नयाँ शुल्क लागु नगर्न आग्रह गरेको छ। 

फागुन ४ मा नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकले शुल्क बढाउने निर्णय गरेको थियो। 

जसअनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरू पाँच वर्ष अनुभव भएकाले ३७० र पाँच वर्षभन्दा बढी अनुभव भएकाहरूले ४५० रूपैयाँ परामर्श शुल्क लिन पाउने छन्। 

यस्तै डिप्लोमा चिकित्सकहरू पाँच वर्ष अनुभव भएकाले ५१५ र त्यसभन्दा बढी अनुभव भएकाहरूले ५९० शुल्क लिन पाउने छन्। 

यस्तै एमडी, एमएस र एमडीएस चिकित्सकहरू पाँच वर्ष अनुभव भएकाले ६६० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ७०० रूपैयाँ शुल्क लिन पाउने निर्णय गरिएको छ।

डीएम तथा एमसीएच गरी पाँच वर्ष अनुभव भएकाहरूले परामर्श शुल्कबापत् ७७० रूपैयाँ लिन पाउने छन्। 

यस्तै डीएम तथा एमसीएच गरी पाँच वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरूले ८२५ रूपैयाँ परामर्श शुल्क लिन पाउने निर्णय गरिएको छ। 

प्रकाशित: Mar 01, 2021| 07:21 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।