बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य कर्मचारी समायोजनका लागि निवेदन दिने समयावधि थप

स्वास्थ्य कर्मचारी समायोजनका लागि निवेदन दिने समयावधि थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन तथा मिलानसम्बन्धी समय थप गरेको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन तथा मिलानसम्बन्धी समय थप गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवाका समायोजन तथा दरबन्दी मिलान हुन बाँकी रहेका स्वास्थ्यकर्मीहरुको निवेदन पेश गर्ने मिति थप दुई साता लम्ब्याएको हो । 

यसअघि फागुन १ देखि १६ गतेसम्म निवेदन माग गरिएकोमा १४ दिन समय थप गरिएको हो। मन्त्रालयले आज सूचना जारी गर्दै समायोजन वा दरबन्दी मिलान हुन बाँकी स्वास्थ्यकर्मीहरुले आगामी फागुन मसान्तसम्म अनलाइन निवेदन दिनसक्ने उल्लेख गरेको हो।

मन्त्रालयले एकै व्यक्तिले पटक–पटक अनलाइनमार्फत् निवेदन पेश गर्ने गरेकोमा आवश्यक कागजात पूरा गरी एक पटकमात्रै निवेदन पेस गर्न आग्रह गरेको छ।
 

प्रकाशित: Mar 01, 2021| 07:09 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।