शनिबार, असार २७, २०८३

गणेशमान सिंह बक्सिङ आजदेखि

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबार(आज)देखि सुरु हुँदै छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं - नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबार(आज)देखि सुरु हुँदै छ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरूको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार खेलहरू सोमबारदेखि सुरु भए पनि प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते बुधबार नै हुनेछ।

प्रतियोगितामा १७३ खेलाडीले सहभागिता जनाएका छन्।

प्रजातान्त्रिक आन्दोलनमा सिंहको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई  खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको सहयोगमा काठमाडौंको स्युचाटारमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा हाम्रा खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ पुरस्कार पाउने छन्।

यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए।

प्रकाशित: Mar 01, 2021| 06:58 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।