बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जब प्रचण्डले क्रान्तिका लागि छोरीको बिहे जबरजस्ती गरिदिए ...

जब प्रचण्डले क्रान्तिका लागि छोरीको बिहे जबरजस्ती गरिदिए ...

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५२ साल फागुन १ गते सशस्त्र युद्धको घोषणा गर्दा रेणु दाहाल १८ वर्षकी थिइन्। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५२ साल फागुन १ गते सशस्त्र युद्धको घोषणा गर्दा रेणु दाहाल १८ वर्षकी  थिइन्। 

आफ्ना पितालाई गोलाबारुदसँग देख्दा किशोरी छोरीलाई कस्तो महसुस होला? रेणु अहिले सम्झिन्छिन्, ‘त्यो बन्दुक न्यायका लागि निरंकुश शासनविरुद्ध उठाइएको थियो।’ 

प्रचण्ड आफ्नो परिवारसँग ६ महिनासम्म टाढा बस्थे। तर प्रचण्डले युद्ध लड्दा कहिलै भुलेका थिएनन्– मेरा छोरी पनि छन्। 

प्रचण्डलाई परिवारको चिन्ताले सताइरहन्थ्यो। उनको लडाइँ दुई–चार महिना वा वर्षमा सकिने खालको थिएन। यस्तो अवस्थामा छोरीहरुको भविष्य के हुन्छ ? मुख्य चिन्ता यही थियो। प्रचण्ड तीन जना छोरीका पिता थिए। सबैभन्दा ठूली ज्ञानु, त्यसपछि रेणु अनि गंगा।

ज्ञानुको विवाह जनयुद्ध सुरु हुनुभन्दा तीन वर्षअघि नै भएको थियो। रेणु र गंगा भने युद्धका क्रममा हुर्किएका हुन्। त्यसै क्रममा माओवादीभित्र रेणुको विवाहलाई लिएर बैठक बस्यो। पार्टीले रेणुको विवाहको प्रस्ताव पास गर्‍यो र उनलाई पार्टीको निर्णय र प्रस्तावबारे जानकारी गराइयो।

पत्नी सीताका साथ प्रचण्ड

उनलाई केटा हेर्न भारतको जालन्धर पठाइयो। उनी हाँस्दै भन्छिन्, ‘अरु केटी हेर्न जान्छन्, मचाहिँ केटा हेर्न गएकी थिएँ। म केटाको घरमा दुई दिन बसें। तर विवाह गर्ने मुड थिएन। उमेर पनि सानै थियो। बुबाले हामीलाई सँगै राख्ने स्थिति पनि थिएन।’ 

उनले प्रचण्डसँग विवाह नगर्ने निर्णय गरेको बताइन्। छोरीको निर्णय सुनेपछि प्रचण्डले भनेका थिए– क्रान्तिका लागि मानिसले आफ्नो ज्यान दिइरहेका छन्। तर, तिमी विवाह पनि गर्न सक्दिनौ? तिम्रो विवाहले क्रान्तिका लागि ठूलो अर्थ राख्छ।

प्रचण्डको जवाफ सुनेर आफू निःशब्द बनेको रेणु सुनाउँछिन्। जालन्धरमा रेणु जुन केटा हेर्न गएकी थिइन्, उनी थिए, अर्जुन पाठक। अर्जुन जालन्धरमा पढिरहेका थिए। उनको उमेर २१ वर्ष थियो। ‘हामीबीच कुराकानी भएको थिएन। विवाहको निर्णय पार्टीले गरेको थियो। पार्टीको सिद्धान्तमा हामी बाँधिएका थियौं। तर साँच्चै भन्दा मलाई विवाह गर्न मन थिएन,’ पाठक भन्छन्।

लखनउको लीला होटलमा भएको रेणु र गंगाको बिहे। प्रचण्डका दुवै छोरीको बिहे सँगै भएको हो।

उनीहरुको २०५३ फागुनमा लखनउको लीला होटलमा लुकिछिपी विवाह भयो। रेणुसँगै उनकी बहिनी गंगाको समेत विवाह भएको थियो। ‘आधा घण्टाभित्र मेरो र गंगाको विवाह सकियो। लखनउमा प्रहरीले सुइँको समेत पाएन। विवाहमा सीमित मानिसमात्रै थिए। दुवै पक्षका आमाबुबा र बाबुराम भट्टराई दम्पती र रामबहादुर थापा बादल हुनुहुन्थ्यो।’

अर्जुन भन्छन्, ‘विवाहको समयमा म बीएमसी सेकेन्ड इयरमा थिए। पार्टीलाई सन्तान साथै राखेर आन्दोलन हुँदैन भन्ने लाग्यो। यस्तो अवस्थामा नेताहरुका सन्तान सेटल गर्ने निर्णय लियो। म पार्टीसँग प्रतिबद्ध भएका कारण मैले यो निर्णय मान्नुपर्‍यो।’

बिहेपछि रेणु दाहाल र अर्जुन पाठक

अर्जुन र रेणु दुवै प्रचण्डले बन्दुक उठाउनु समयको माग भएको तर्क गर्छन्। रेणु अहिले चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन्। अर्जुन सामाजिक विज्ञानमा पीएचडी गरिरहेका छन्। अर्जुन गुल्मीका हुन्।

उनका  बुबा टेकबहादुर पाठक सन् १९६७ मा भारतीय सेनाको गोरखा रेजिमेन्टमा भर्ती भएका थिए। अर्जुन सात वर्षको उमेरमा भारत गएका थिए। टेकबहादुरले सात वर्ष भारतीय सेनामा काम गरेपछि जागिर छोडेका थिए।

जागिर छोडेपछि उनी नेपाल आए। त्यसपछि पढे र भारतको जालन्धरमा इन्डियन ओभरसिज बैंकमा जागिर खाए। तर युवा टेकबहादुरको मन नेपालको सशस्त्र विद्राेहमा थियो। बैंकमा जागिर खाइरहँदा उनले भारतमा काम गरिरहेका नेपालीलाई एकत्रित गरे। नेपाल एकता समाज परिषद् नामको एक संगठन बनाए।

प्रचण्डका सम्धी टेकबहादुर पाठक भारतीय फौजमा हुँदा

सन् १९८५ मा उनले गोरखपुरमा पहिलो पटक प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी मसालको बैठक हेर्न पाए। सन् १९८८ मा टेकबहादुरलाई नेपाल बोलाइयो। उनलाई लडाकुलाई हतियार चलाउन सिकाउन भनियो। ‘मलाई बादल (रामबहादुर थापा) ले गोरखा पुर्‍याउनुभयो। जंगलमा मैले एक सातासम्म माओवादीलाई हतियार चलाउन र दुश्मनसँग बच्ने तरिकाका बारेमा तालिम दिएँ। तालिममा प्रचण्ड लगायतका सबै ठूला नेता समावेश थिए,’ उनी भन्छन्।

तालिमकै समयमा उनी र प्रचण्डको दोस्ती बढेको थियो। टेकबहादुरका अनुसार प्रचण्ड टाइम बम र ग्रिनेड बनाउनसमेत जान्दथे। उनी अचूक निशाना लगाउन माहिर थिए। पेट्रोल बम र रेडियो बम बनाउन प्रचण्ड पहिलेदेखि सिपालु रहेकाे उनी बताउँछन्।

प्रचण्ड पुत्र प्रकाश दाहाल। पाँच वर्षअघि उनको ३७ वर्षको उमेरमा मृत्यु भयो।

–बीबीसी हिन्दीबाट 
 

प्रकाशित: Mar 01, 2021| 06:24 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।