बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष

चिकित्सकले अहिले देखिएको ट्युमरलाई भने दुईतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाव दिएको भट्टराईको सचिवालयले जनाएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष चिकित्सकले निकालेका छन्। 

बायोप्सी, डोटा एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सिटिस्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका हुन्।

चिकित्सकले अहिले देखिएको ट्युमरलाई भने दुईतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाव दिएको भट्टराईको सचिवालयले जनाएको छ।

बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुन सक्ने कुरामा चिकित्सकले सचेत गराएका छन्। 

भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए। 

अध्यक्ष भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।


 

प्रकाशित: Mar 01, 2021| 05:12 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।