बिहीबार, भदौ १८, २०८३

फागुन २२ देखि महिला हस्तकला मेला हुँदै

नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं - नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ। 

महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो।

ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, ऊनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइबर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समिति संयोजक सवितासिंह महर्जनले जानकारी दिइन्। 

मेलामा काठमाडौं उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामग्री प्रदर्शनमा राखिने छ। मेलामा ५० भन्दा बढी कक्ष रहनेछन्।

यस्तै नेपाल हस्तकला महासंघको आयोजनामा २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हस्तकला मेला आयोजना हुन लागेको छ।

नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने उक्त मेला २०७७ मा कोरोना सङ्क्रमणका कारण रोकिएको थियो। रासस

प्रकाशित: Mar 01, 2021| 04:55 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।