आइतबार, चैत १, २०८२

ईपीएल आउँदो सेप्टेम्बरमा हुने

नेपालको चर्चित फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) आउँदो सेप्टेम्बरमा हुने भएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं - नेपालको चर्चित फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) आउँदो सेप्टेम्बरमा हुने भएको छ।

National life

कोभिड–१९ महामारीका कारण एक वर्षअघि स्थगित भएको प्रतियोगिता अब सेप्टेम्बरमा सञ्चालन हुन लागेको हो।

यसअघि तीन सिजनमा भएको प्रतियोगिता मार्च वा अप्रिलमा सञ्चालन हुँदै आएको थियो।

ईपीएल प्रालिका अध्यक्ष अमिर अख्तरले कोरोनाको महामारी घट्दो क्रममा रहेकाले आफूहरू प्रतिस्पर्धा गर्नका लागि तयार रहेको बताएका छन्।

त्यस्तै प्रतियोगिताको तयारीका लागि ६ महिना आवश्यक पर्ने भएकाले उनले सो समय राखेर मिति सार्वजनिक गरेको पनि बताएका छन्।

Laxmi sunrise bank
kumari

अबको सिजनमा नयाँ कुराहरू थप गर्ने पनि उनको भनाइ छ। ‘हामीले केही महत्त्वपूर्ण कुराहरू लिएर आएका छौं। त्यसको बारेमा विस्तारै निर्णय सार्वजनिक गरिने र नेपाली खेलाडीलाई फाइदा पुग्नेछ,’ उनले भने।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले पनि मिति प्रदान गरेको छ। प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म हुनेछ।

प्रतियोगिता काठमाडौं उपत्यकामा हुने आयोजक ईपीएलले बताएको छ।

प्रकाशित: Mar 01, 2021| 04:23 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।