बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई उद्घाटन र शिलान्यासकै चटारो, आज पोखरा जाँदै

प्रधानमन्त्रीलाई उद्घाटन र शिलान्यासकै चटारो, आज पोखरा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले विभिन्न आयोजनाहरूको उद्घाटन र शिलान्यासकै चटारो छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले विभिन्न आयोजनाहरूको उद्घाटन र शिलान्यासकै चटारो छ। 

आइतबार मात्रै झापामा नेपाल-चीन मैत्री औद्यागिक पार्क उद्घाटन गर्न पुगेका ओली आज पोखरा जाँदैछन्। 

उनले झापामा विभिन्न पुलहरूको शिलान्यास र उद्घाटनसमेत गरे। 

आज ओलीले पोखरामा गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्दैछन्। 

उक्त भवन नदीपुरमा बनाउन लागिएको छ।

पोखरामा उनले प्रदेशस्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने पनि कार्यक्रम छ। 

प्रधानमन्त्री बिहान ११ बजे पोखरा प्रस्थान गर्ने उनका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए।

पोखराको नियमित उडानमार्फत् उनी त्यहाँ जान लागेका हुन्। 

आइतबार झापा पुगेर फर्किएका प्रधानमन्त्री ओली पुनः फागुन २१ गते पनि झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली पछिल्ला दुई महिना यता देशका विभिन्न भागमा आयोजना गरिएका सभा, आयोजनाको उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी भइरहेका छन्।

केही दिन अघिमात्रै कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।

त्यस्तै ढल्केवरमा ४०० केभी सवस्टेसनको उद्घाटन, भरतपुरमा दुई हजार क्षमताको सिटी हल र ६ लेनको सडकको शिलान्यास, दाङको सिसहनिया-गढवा जोड्ने नवनिर्मित पुलको उद्घाटनलगायत विभिन्न किसिमका उद्घाटन र शिलान्यासमा उनले जोड दिइरहेका छन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटनलाई बदर गरिसकेपछि ओलीले झन् विभिन्न आयोजनाहरूको शिलान्यास र उद्घाटन कार्यक्रमलाई तीव्र बनाएका छन्। 

प्रकाशित: Mar 01, 2021| 03:15 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।