शनिबार, असार २७, २०८३

अंक दूरी बढाउँदै एथ्लेटिको

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ। भिल्लारियलको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम एथ्लेटिकोले २–० गोलको सहज जित निकालेको हो।

जितका लागि जोआ फेलिक्सले एक गोल गरे भने एथ्लेटिकोले अर्को गोल उपहारस्वरुप पायो।

खेलको २५ औं मिनेटमा भिल्लाका अल्फान्सो पेड्राजाले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिकोले अग्रता बनाएको थियो। यससँगै पहिलो हाफमा पाहुना टिम १–० गोलले अघि रह्यो।

दोस्रो हाफको ६९ औं मिनेटमा फेलिक्सले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। यससँगै एथ्लेटिकोले खेल जित्यो।

आजको जितसँगै तीन अंक थप गरेको एथ्लेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा पाँच अंक अघि छ। त्यस्तै तेस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंक अघि छ।

यद्यपि बार्सिलोनाले एक खेल धेरै खेलेको छ भने रियल र एथ्लेटिकोले समान २४ खेलमा सहभागिता जनाएका छन्। २४ खेलबाट १८ जित, चार बरारबी र दुई हारका साथ एथ्लेटिकोको ५८ अंक छ।

गएरातिको खेलमा पराजित भिल्ला भने ३७ अंकका साथ सातौं स्थानमा छ।
 

प्रकाशित: Mar 01, 2021| 03:05 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।