आइतबार, चैत १, २०८२

लिभरपुलको जित, युनाइटेडसँग बराबरीमा रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं - इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ।

National life

डिफेन्डिङ च्यम्पियन लिभरपुलले शेफिल्ड युनाइटेडको मैदानमा घरेलु टिमविरुद्ध २–० गोलको जित निकालेको हो।

लिभरपुलको जितका लागि कर्टिस जोन्सले गोल गरे। पहिलो हाफको खेल बराबरीमा रोकिए पनि दोस्रो हाफको ४८ औं मिनेटमा गोल गर्दै जोन्सले अग्रता बनाएका थिए।

खेलको ६४ औं मिनेटमा शेफिल्डका कियन ब्रयनले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले दुई गोलको अग्रता बनायो। र, सोही नतिजाका साथ खेल जित्यो।

यससँगै लिरभपुलले लगातार चार खेलसम्मको हारशृंखला पनि तोडेको छ। यो जितबाट तीन अंक थप्दै ४३ अंक बनाएको लिभरपुल तालिकाको छैटौं स्थानमा छ।

Laxmi sunrise bank
kumari

पराजित शेफिल्ड युनाइटेड रेलिगेशन जोनको पुछारमा छ।

आइतबार रातिको अर्को खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र पाँचौ स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन्।

यसअघि पहिलो लेगको खेलमा पनि यी दुवै टिमले बराबरी खेलेका थिए।

यससँगै युनाइटेड पछिल्ला २० खेलमा ‘अनविटन’ छ। त्यस्तै चेल्सीमा नयाँ प्रशिक्षक थोमस टुचेल आएपछि चेल्स पनि अपराजित नै छ।

दोस्रो स्थानको युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १२ अंक पछि छ भने पाँचौ स्थानको चेल्सी १८ अंक पछि छ।

२६ खेलबाट ६२ अंक बनाएको सिटी १९ जित र पाँच बराबरीका साथ शीर्षस्थानमा छ।
 

प्रकाशित: Mar 01, 2021| 02:50 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।