बिहीबार, भदौ १८, २०८३

डाँका गरी फरार भएको ५६ वर्षपछि पक्राउ

डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

सप्तरी- डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ।

सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

सप्तरी जिल्ला अदालतमा पेश गरिएका यादवलाई आज कैद भुक्तानको लागि राजविराज कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

डाँका र जालसाज मुद्दामा फरार रहेका यादवलाई सप्तरी जिल्ला अदालतले ५६ वर्षअघि कैद सजायको फैसला गरेको थियो।

जालसाजी कसुरमा अदालतले उनलाई २०२१ जेठ १९ गते छ महिना कैद र डाँका कसुरमा २०२३ भदौ ३ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो।

अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार सूचीमा रहेका अभियुक्तलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियानका क्रममा यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

स्थानीय सुरैतलाल यादवको जाहेरीले कैद सजाय ठहर भए पनि फरार रहेका यादवलाई प्रहरी चौकी पकरीबाट गएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो। रासस

प्रकाशित: Feb 28, 2021| 15:00 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।