बिहीबार, भदौ १८, २०८३

बन्धक बनाई फिरौती माग्ने तीन जना पक्राउ

विराटनगर महानगरपालिका–६ रामपुरमा एक युवालाई बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

विराटनगर- विराटनगर महानगरपालिका–६ रामपुरमा एक युवालाई बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१८ का २३ वर्षीय सुवास कामतलाई शनिबार बन्धक बनाएर रकम माग्ने तीन जनालाई पक्राउ गरिएको हो। सुवासलाई महानगरपालिका- १६ दरैयाबस्तीका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र वडा नम्बर ६ की २८ वर्षीया सन्ध्या शर्माले बन्धक बनाएको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तीनै जनालाई शनिबार पक्राउ गरिएको हो। दाजुलाई बन्धक बनाएको जानकारी सुवासका भाइ विकासले प्रहरीलाई दिएका थिए।

त्यसलगत्तै खटिएको प्रहरी टोलीले दुई घण्टाभित्रै सुवासको उद्धार गरेको हो। डीएसपी राईका अनुसार विराटनगर–६ रामपुरको एउटा घरमा बन्धक बनाएर राखेको अवस्थामा सुवासको उद्धार गरिएको हो। 

बन्धक बनाएर उनीहरुले १० लाख रुपैयाँ फिरौती माग गरेको प्रहरीको भनाइ छ। प्रहरीले बन्धक बनाएको घटनामा संलग्नविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन आइतबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको डिएसपी राईले बताए।

प्रकाशित: Feb 28, 2021| 13:12 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।