बिहीबार, भदौ १८, २०८३

बाघको छालासहित काठमाडौंबाट एक जना पक्राउ

बाघको छालासहित काठमाडौंको हाँडीगाउँबाट एकजना पक्राउ परेका छन्।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- बाघको छालासहित काठमाडौंको हाँडीगाउँबाट एकजना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज हाँडीगाउँ बस्ने ३५ वर्षीय मोहन कार्कीलाई पक्राउ गरेको हो।

कार्कीले बाघको छाला बिक्री गर्न ग्राहक खोजीगरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत मालिगाँउबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले उनको घरमा छापा मारेको थियो। 

घरमा खानतलासी गर्दा कोठाको टेवलमा राखेको अवस्थामा टाउको र नंग्रासहितको पुछ्ररदेखि टाउको सम्म ८ फिट लम्वाई र ३ फिट चौडाई भएको छाला बरामद गरिएको हो।

प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Feb 28, 2021| 13:00 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।