शनिबार, असार २७, २०८३

शीर्षस्थानको सातदोबाटोसँग खुमलटारको अंक बराबरी

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज(आइतबार) सम्पन्न दोस्रो खेलमा खुमलटार युथ क्लबले साँघुरो जित निकालेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज(आइतबार) सम्पन्न दोस्रो खेलमा खुमलटार युथ क्लबले साँघुरो जित निकालेको छ।

सातदोबोटोस्थित एन्फाको मैदानमा सम्पन्न खेलमा खुमलटारले झम्सिखेलविरुद्ध १–० गोलको जित निकालेको हो।

खुमलटारको जितका लागि महेश राईले निर्णायक गोल गरे। यो जितसँगै खुमलटारले शीर्षस्थानको सातदोबाटोसँग (समान १९) अंक बराबरी बनाएको छ।

तर हेड-टू-हेडमा सातदोबाटो अघि रहेकाले ऊ शीर्षस्थानमा छ। साथै सातदोबाटोले एक खेल कम खेलेको छ।
यता पराजित झम्सिखेल अंकतालिकाको १० औं स्थानमा छ।

आजको खेलपछि खुमलटार युथ क्लबका सहायक प्रशिक्षक विनोद ढंगोलले आशाअनुसारको प्रदर्शन नभएको बताएका छन्। गएको शुक्रबार सम्पन्न दबाबपूर्ण खेलमा खेलाडी थाकेका कारण आजको सुरुवाती खेल मात्र राम्रो भएको डंगोलको तर्क छ।

खुमलटारका प्रशिक्षक राजेश राईले पछिल्लो खेलमा डबल यल्लो कार्ड बेहोरेपछि उनी खेलमा उपस्थित थिएनन्।

त्यस्तै झम्सिखेलका प्रशिक्षक पुरुषोत्तम डंगोलले आजको खेल पचास–पचासको अवस्थामा रहेको बताएका छन्। ‘हामीले हाम्रो अवसर गुमायौँ, उनीहरुले गुमाएनन्,’ झम्सिखेलका प्रशिक्षक डंगोलले हारको कारणबारे भने।

प्रकाशित: Feb 28, 2021| 12:55 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।